Blogger Widgets
logo

अमुक तिमि र म .........!!


रचना : =०= शिशिर परियार


नेपथ्यबाट कसैले आदेश दियो,
अमुक यन्त्र  मानब झैँ
तिमि निर्देसित भयौ !!!
मुट्ठी हरु कसिए
र छाति माथि उचालिए
बसीभूत तिम्रा आखा हरु
अझ चहकिला बने
अल्जाइमर पिडित
तिम्रो मस्तिस्कको डाटा बेसबाट
एउटा गित छानियो
“उठ जाग ऐ भोका नांगा .....!!!”


युगौ युग शोषण बर्बर र
यातनाले थिलो थिलो भएका
आशा गुमाएका
भोका र नांगा हरु
तिमीलाई भगवान सम्झे !!
इन्कलाबी मार्च पास गर्दै
बस्तिभरि बाड्न थाले
सपना का जुनकिरी हरु
दुर्भाग्य .........
कसैले तिमीलाई चिन्न सकेनन
भन न को हौ तिमि ???

तिम्ले भन्यौ
तिमि स्पात को मान्छे ‘
रुँदा रुँदै हाँस्न सक्ने
हाँस्दा हाँस्दै रुन सक्ने ....

तिमीलाई के छोला उजाडिएका सिउदो हरुले
बस्ति संगै जलेका सपना का अस्तुहरु हरुले
तिमि हाँस्दा पनि रहस्य
तिमि रुँदा पनि रहस्य .......!!!
भन न को हौ तिमि ??

गुमनाम बलिदान का अग्राख हरु
पलाउँदै झर्दै गर्दा
तिमि एंजरु झैँ झांगिएर बस्यौ
रुग्ण पिपलका काइनाहरुमा
निम्छरा जराका रेशाहरुमा
बुढो पिपलको जवानी फर्काउने
तिम्रो उद्घोस ...
बुढो पिपल अब सुन्दैन
बुढो पिपल तिमीलाई चिन्न सक्दैन
भन न को हौ तिमि ???

भोका हरु भोकै रहे
नांगा हरु नांगै रहे ...
बस पाए त  केवल
एक स्वप्न ब्यापारी
अमुक ,अमुर्त ,मुकुन्डो धारी
एक स्वप्न ब्यापारी !!
भन न को हौ तिमि ??

जो सुकै हौ तिमि -२
तिमि संग मेरो हिसाब किताब छ
तिम्रो झुटो सपना को मूल्य
तिमीले चुकाउन पर्ने छ
किनकि तिम्रो सपना
मैले पनि किनेको छु
रगत र पसिना को मोल तिरेर
मलाइ चिन्ने कोसिस गर
को हु म???

म आउनेछु
चुक्ता गर्न मेरो हिसाब हरु
र तर्साउने छु तिमीलाई
प्रेत आत्मा बनेर इदी अमिनको
तिम्रो सुख हरु जलेको हेर्ने छु म
अनि उत्सब गर्नेछु निरोले झैँ
बासुरी बजाउदै ...
तिम्रो भग्नावशेष माथि !!!

मलाइ चिन्यौ ?
को हु म?
म तिम्रो आत्मा हु !!!
अब आफैलाई चीन
को हौ तिमि??

0 comments:

Post a Comment

logo
Copyright © 2012 सर्वदा .
Blogger Template by Clairvo